
काठमाडौै । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले फुट्नबाट जोगिएको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिलेको नेपाली काँग्रेसको जस्तै गरी एमालेलाई पनि फुटाउन खोजिएको तर सफल नभएको बताउनु भयो ।
पार्टीको महाधिवेशनले नेतृत्व चयन गरेर एमाले अहिले एकजुट भएको उहाँको दाबी छ । अध्यक्ष ओलीले प्रधानमन्त्री हुँदा आफू सुत्न समेत नभ्याएको र सरकारका काम कारबाहीमा सधैँ तल्लिन रहेको बताउनु भयो । अध्यक्ष ओलीले पहिला सबै राम्रो र अहिले सबै नराम्रो भन्नेगरी भाष्य निर्माण गर्न नहुने बताउनु भयो ।