सभापति थापाको नेतृत्वमा घोषणापत्र निर्माण समिति गठन

माघ १, २०८२ |कान्तिपुर टीभी संवाददाता
सभापति थापाको नेतृत्वमा घोषणापत्र निर्माण समिति गठन

काठमाडौै । नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय समितिले पार्टी सभापति गगन थापाको नेतृत्वमा घोषणापत्र निर्माण समिति गठन गरेको छ ।

आज ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकले थापाको नेतृत्वमा घोषणापत्र निर्माण समिति गठन गरेको हो । यसैगरी उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको पनि प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभएको छ ।

यसैबीच पहिलो बैठकको निर्णय र पार्टी विवरण अद्यावधिक गर्न सभापति थापासहितका नेताहरु निर्वाचन आयोग पुगेका छन् । आजै बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले पार्टी सभापतिको हस्ताक्षर परिवर्तन, समानुपातिक सूची संशेाधनलगायत अद्यावधिक गर्न निर्वाचन आयोग जाने निर्णय गरेको थियो ।

पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा सम्पन्न कांग्रेस विशेष महाधिवेशन पक्षधरको दोस्रो विशेष महाधिवेशनले थापालाई सभापतिमा सर्वसम्मत चयन गर्दै १६६ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.