
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी कुनै नेता विशेषको प्रचार गर्न नहुने बताउनुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर)सँगको समायोजन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । पार्टीले सामुहिकतामा विश्वास गर्ने भएकाले पनि व्यक्तिको प्रचारमा जोड दिन नहुने उहाँको तर्क थियो । सहसंयोजक नेपालले पार्टीका नेताहरुले गरेका राम्रा कामको प्रचार र नराम्रा कामको जिम्मेवारी लिने परिपाटी पनि स्थापित गरेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले एमालेप्रति लक्षित गर्दै व्यक्तिको प्रशंसा गर्दा पार्टीको हालत कमजोर हँदै गएको जिकिर गर्नुभयो । सहसंयोजक नेपालले पार्टीलाई जनताको आशा र भरोसाको केन्द्र बनाउने चुनौतिी रहेको उल्लेख गर्दै त्यसलाई सामना गरेर अघि बढने गरी अघि बढनुपर्ने बताउनु भयो ।
सहसंयोजक नेपालले पार्टीमा प्रवेश गरेका विभिन्न घटकहरूलाई एकताबद्ध गरेर लैजानका लागि प्रशिक्षणलगायतका कार्यक्रमलाई जोड दिनुपर्ने समेत बताउनु भयो ।