
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर)का संयोजक सुमन सायमी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ ।
बुधबार काठमाडाैंमा एक कार्यक्रमका बीच नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले उहाँलाई पार्टीमा स्वागत गर्नु भएको हो । सायमी चर्चित गुठी आन्दोलनको नेता हुनुहुन्छ । त्यसैगरी उहाँले काठमाडौंमा विभिन्न खालका सामाजिक जागरण अभियानको पनि नेतृत्व गर्दै आउनु भएको छ ।
राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर)सँग भ्रष्टाचार नियन्त्रण, गुठी आन्दोलन, सहकारी आन्दोलनको मर्मअनुसार अघि बढने संकल्पसहितको समझदारी गरिएको नेपाली कम्युनिष्ट पार्टीले जनाएको छ ।