कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरू

पुस ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरू

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सुरू भएकाे छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपा केन्द्रीय कार्य समितिको बैठक सुरू भएको हाे।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा जारी बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति छ । बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र पार्टीभित्रको आन्तरिक विवाद मुख्य एजेन्डा रहेको बताइएकाे छ ।

पार्टीभित्र विशेष महाधिवेशनको माग गर्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको प्रभाव र सम्भावित पार्टी विभाजनको जोखिमलाई मध्यनजर गर्दै यो बैठक बोलाइएको हो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.