काठमाडौंबाट चुनावी अभियान सुरू गर्दै एमाले

पुस ३०, २०८२ |रासस
काठमाडौंबाट चुनावी अभियान सुरू गर्दै एमाले

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौ|बाट चुनावी अभियान सुरू गर्दैछ । 

एमालेको बागमती प्रदेश कमिटीले आगामी माघ ४ गते काठमाडौंमा जनप्रदर्शनसहित विशेष चुनावी अभियानको थालनी गर्न लागेको सो पार्टीका सचिव एवं प्रदेशका इञ्चार्ज महेश बस्नेतले जानकारी दिनुभयो ।

यस्तै एमालेको संशोधित विधानअनुसार गठित राजधानी विशेष कमिटीको घोषणा र चुनावी अभियान आगामी माघ २ गते काठमाडौंमा हुने पार्टीका सचिव एवं राजधानी विशेष कमिटीका इञ्चार्ज डा. राजन भट्टराईले बताउनुभयो ।

एमालेको यही पुस २६ गते बसेको केन्द्रीय कमिटीको बैठकले आगामी फागुन २१ गते हुने तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशव्यापी रूपमा अभियान सुरू गर्ने निर्णय गरेको थियो ।