आगामी निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउन सकिने अध्यक्ष लिङदेनकाे भनाइ

पुस २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
आगामी निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउन सकिने अध्यक्ष लिङदेनकाे भनाइ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउन सकिने बताउनुभएको छ ।

मंगलबार पार्टी कार्यालयमा आयोजित पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राप्रपालाई पहिलो निर्णायक शक्ति बनाएर अघि बढाउनसके भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले सामान्य रूपमा कठिन जस्तो लागे पनि राष्ट्रवादी शक्तिहरू एक भइरहेकाले यो असम्भव नरहेको बताउनु भयो । 

राप्रपामा समाहित हुने क्रम तिव्र रूपमा बढेर गएको उहाँकाे दाबी छ। २०६२-२०६३ को राजनीतिक परिवर्तनपछि हामीले बोकेको राजसंस्थाको मुद्दा यतिबेला सबैभन्दा लोकप्रिय अवस्थामा पुगेको उहाँले दाबी गर्नुभयो । अध्यक्ष लिङदेनले आफू अध्यक्षमा रहँदै राजतन्त्र र हिन्दूराष्ट्र पुनःस्थापना भएको हेर्न चाहेको बताउनु भयो । 

आगामी दिनमा आफू राजतन्त्र पुनःस्थापनाको लागि प्रतिबद्ध रहने उहाँले बताउनु भयो । आगामी निर्वाचनमा राप्रपालाई सबैभन्दा ठूलो दल बनाउने गरी निर्वाचनमा लागन आग्रह गर्नुभयो । मुलुकमा अभिभावकको भूमिकामा राजसंस्था हुनपर्ने, संघीयता खारेज हुनुपर्ने माग राख्नहरू एक हुनुपर्ने उहाँले बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.