सम्पूर्ण वैधानिक बन्दोबस्तका साथ निर्वाचन आयोगमा जान्छौँ : महामन्त्री शर्मा

पुस २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
सम्पूर्ण वैधानिक बन्दोबस्तका साथ निर्वाचन आयोगमा जान्छौँ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सम्पूर्ण वैधानिक बन्दोबस्तका साथ निर्वाचन आयोगमा जाने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेतृत्व चयन गरिसकेपछि प्रतिनिधिहरू घर फर्किन मिल्ने भए पनि आफूहरू निर्वाचन आयोग जानुपर्ने स्थिति रहेको बताउनु भयो । उहाँले निर्वाचन आयोगले विशेष महाधिवेशनले के म्यान्डेट लिएर आयो भनेर पर्खिरहेको हुने जिकिर गर्नुभयो । उहाँले आफूले उम्मेदवारी दिएको र जित्छु भन्ने विश्वास रहे पनि कतिपय अवस्थामा सर्वसम्मत रूपमा आउनुपर्ने स्थिति रहने बताउनु भयो ।

महामन्त्री शर्माले अबको राजनीतिमा जुझारूपन लिएर जानुपर्ने बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.