राप्रपा, नेपाल नागरिक पार्टी र नेपाल हाउस पार्टीबीच एकीकरण

पुस २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
राप्रपा, नेपाल नागरिक पार्टी र नेपाल हाउस पार्टीबीच एकीकरण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी-राप्रपा, नेपाल नागरिक पार्टी र नेपाल हाउस पार्टीबीच पार्टी एकीकरण भएको छ ।

मंगलबार राप्रपा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा तीन पार्टीबीच एकीकरण भएको हो । राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित विशेष कार्यक्रममा तीन दलका शीर्ष नेताहरूले एकीकरण घोषणा गरेका हुन् । 

एकीकरणपछि नयाँ पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टीकै नाम, झन्डा र चुनाव चिन्ह कायम राख्ने सहमति भएको छ । एकीकरणले राष्ट्रवादी शक्तिहरूलाई एकीकृत गर्दै आगामी निर्वाचनमा बलियो उपस्थिति जनाउने अपेक्षा गरिएको छ । यो एकीकरणले नेपालको राजनीतिक परिदृश्यमा नयाँ तरङ्ग ल्याउने विश्लेषकहरूको मत छ । 

एकीकृत पार्टीले हिन्दू राष्ट्र, संवैधानिक राजतन्त्र र सुशासनलाई मुख्य एजेन्डा बनाउने जनाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.