निर्वाचनमा पार्टीले युवालाई उम्मेदवार बनाउनेछ : संयोजक दाहाल

पुस २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचनमा पार्टीले युवालाई उम्मेदवार बनाउनेछ : संयोजक दाहाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनमा पार्टीले युवालाई उम्मेदवार बनाउने बताउनुभएको छ ।

जेन-जी रेडफोर्सले आयोजना गरेको आइतबार आयोजना गरेको जेन-जी जागरण तथा बृहत् सांस्कृतिक कार्यक्रममा उहाँले युवाहरूलाई प्राथमिकतामा राखेर उम्मेदवार बनाउने बताउनुभएको हो । उहाँले समानुपातिकको बन्दसूचीमा पनि युवाहरूलाई प्राथमिकतामा राखेको र प्रत्यक्षतर्फ पनि युवा तथा जेन-जी पुस्ताका नवयुवाहरूलाई उम्मेदवार बनाउने जानकारी दिनुभयो । 

पार्टीको केन्द्रीय समितिमा पनि युवाहरूको उपस्थिति बलियो बनाउने तयारी रहेको उहाँले बताउनु भयो । संयोजक दाहालेले जेन-जी रेड फोर्सलाई भ्रातृसंस्थाको मान्यता दिने पनि बताउनु भयो । उहाँले भ्रातृसंस्थाहरूले कार्यक्रम आयोजना गर्दा पूर्व माओवादीको शैलीले नगर्न पनि निर्देशन दिनुभयो । उहाँले अब माओवादी नभइ नेपाली कम्युनिष्ट पार्टीको स्प्रिटमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.