मुलुकलाई संक्रमणबाट मुक्त गरी विकासको ढोका खोल्नुपर्ने : मन्त्री भण्डारी

पुस २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
मुलुकलाई संक्रमणबाट मुक्त गरी विकासको ढोका खोल्नुपर्ने : मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र भण्डारीले जेन-जी आन्दोलनपछि मुलुकलाई संक्रमणबाट मुक्त गरी विकासको ढोका खोल्नुपर्ने बताउनुभयो ।

सुदूरपश्चिम सरोकार मञ्चले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्मान ग्रहण गर्दै मन्त्री भण्डारीले नेपाल अहिले संक्रमणमा रहेको र त्यसबाट मुक्त गर्नुपर्ने प्रमुख प्राथमिकता रहेको बताउनुभएको हो ।

मन्त्री भण्डारीले सरकारले प्राथमिकता निर्धारण गरेर अघि बढिरहेको बताउनुभयो । उहाँले जेन-जी आन्दोलनमा सबैभन्दा बढी सहिद भएको सुदूरपश्चिमको विकासका लागि आफूले सक्दो पहलकदमी लिने बताउनुभयो ।

सुदूरपश्चिम सरोकार मञ्चले कार्यक्रममा मन्त्री भण्डारी र एनपीएलको उपविजेता सुदूरपश्चिम रोयल्सलाई सम्मान गरिएको थियो । सुदूरपश्चिम रोयल्सका तर्फबाट म्यानेजर सुनिल थापाले सम्मान ग्रहण गर्नुभएको थियो । मञ्चले सुदूरपश्चिम प्रदेशसँग सम्बन्धित संघसंस्था, सुदूरपश्चिम प्रदेश सरकारसँग समन्वय र सहकार्य गर्नका लागि उपाध्यक्ष टिकाराम भट्टको संयोजकत्वमा उपसमिति पनि गठन गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.