विशेष महाधिवेशनलाई सबैको महाधिवेशन बनाउन प्रयासरत छौँ : सुनिल शर्मा

पुस २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
विशेष महाधिवेशनलाई सबैको महाधिवेशन बनाउन प्रयासरत छौँ : सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले विशेष महाधिवेशनलाई सबैको महाधिवेशन बनाउने गरी अघि बढिरहेको बताउनुभएको छ ।

शुक्रबार भृकुटीमण्डपमा सञ्चाकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कांग्रेसको अधिवेशन सभापति शेरबहादुर देउवासहितका नेताहरूको पहलमै हुनुपर्ने भए पनि अहिले पार्टीले गर्न लागेको महाधिवेशनले नयाँ निकास दिने बताउनु भयो । उहाँले विधानलाई सबैले मान्नुपर्नेमा नैतिक दायित्व र कर्तव्य बिर्सिएर अघि बढ्न नहुने बताउनु भयो । महाधिवेशले राम्रो निकास दिने उहाँको विश्वास छ ।

उहाँले भन्नुभयो, ‘वास्तवमा शेरबहादुर दाईहरूले नै यो अधिवेशन गरिदिनुपर्दथ्यो । किनभने ४० प्रतिशतले भनिसकेको थियो । हाम्रो विधानलाई मान्नुपर्ने दायित्व, नैतिक दायित्व र कर्तव्य पनि उहाँहरुको हो । तर त्यसलाई लत्याउनु भयो । यसलाई सामान्य रुपमा लिनुपर्छ । विशेष महाधिवेशनले एउटा राम्रो निकास निकाल्नेछ । चाँडै पार्टीभित्रका समस्याहरु समाधान हुनेछन् । यो अधिवेशनलाई सबैको अधिवेशन बनाउने प्रयत्नमा हामी छौँ ।’

नेता शर्माले महाधिवेशनसँगै पार्टीभित्रका समस्या पनि चाँडै समाधान हुने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.