विधानको अपव्याख्या गरि विशेष महाधिवेशनलाई गलत भन्ने तर्क पुष्टि गरिदैँछ- महामन्त्री थापा

पुस २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
विधानको अपव्याख्या गरि विशेष महाधिवेशनलाई गलत भन्ने तर्क पुष्टि गरिदैँछ- महामन्त्री थापा

काठमाडौै । कांग्रेस महामन्त्री गगन थापाले कार्यसम्पादन समितिको बैठकमा सहमतीको विषयमा कुरा हुन नसकेको बताउनुभएको छ।

महामन्त्री थापाले विशेष महाधिवेशन पार्टीको विधान अनुसार भएको भन्दै भदौ २३ र २४ गते देशमा केही पनि भएको थिएन भन्ने सोचेर अघि बढ्ने हो कि त्यो दिन केही भएको थियो भन्नेबारे पार्टीले सोच्नुपर्ने बताउनु भयो । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै थापाले विशेष महाधिवेशनको अर्थ हचुवाको भरमा नउठेको बताउनुभयो ।

उहाँले नियमित महाधिवेशन पक्षधरहरूले विधानको अपव्याख्या गरेर विशेष महाधिवेशनलाई गलत भन्ने तर्क पुष्टि गर्ने काम भइरहेको बताउँदै भन्नुभयो, 'यो महाधिवेशन प्रतिनिधिहरूले हक स्थापित गर्ने काम हो।' थापाले अवस्था संवेदनशील भएकाले विशेष महाधिवेशनको माग गरिरहेको बताउँदै भदौ २३ र २४ पछिको अवस्थाबारे बुझ्न नखोज्ने काम भइरहेको उल्लेख गर्नुभयो।

उहाँले जेन-जी विद्रोहबारे बुझाउँदै त्यो असन्तुष्टिलाई एकथरीले स्वीकार्न तयार नभइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, 'नीति पनि फेरौं। नेतृत्व पनि फेरौं।' विधानको कार्यान्वयन गर्दा पार्टी फुट्छ भनेर हल्ला फैलाइएको पनि उहाँले बताउनुभयो।

उहाँले पार्टी फुट्छ भनेर विशेष महाधिवेशनमा आउनेहरूलाई 'नआउनुस' भनेर केही मान्छे लागेको बताउनुभयो ? 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.