नेपाली कम्युनिष्ट पार्टीद्वारा राष्ट्रिय सभामा चार सिट दाबी

पुस २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाली कम्युनिष्ट पार्टीद्वारा राष्ट्रिय सभामा चार सिट दाबी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले भने राष्ट्रिय सभामा चार सिटको दाबी गरेको छ । 

मंगलबार बसेको नेकपाको बैठकमा राष्ट्रिय सभामा अरू दलसँग मिलेर जाने र मतभारका आधारमा सिट मिलाउनुपर्ने प्रस्ताव भएको थियो । पार्टीको सिट र उम्मेदवार टुङ्ग्याउने जिम्मा भने संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपाललाई दिइएको छ । 

बैठकले राष्ट्रियताको सवालमा देशभक्तहरूको बृहत समझदारी आवश्यक भएको निष्कर्ष निकालेको छ । संयोजक दाहालले प्रतिनिधि सभा निर्वाचनमा भने कसैसँग गठबन्धन नहुने बताउनुभयो । उहाँले रवि-बालेन्द्र एकताले आफूहरू नडराएको पनि दाबी गर्नुभयो । भारत भ्रमणमा धेरै भारतीय नेतासँग भेटवार्ता भए पनि औपचारिक भने नभएको जिकिर गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.