आसन्न राष्ट्रिय सभा निर्वाचनले मुलुकमा डेमोक्रेसी छ भन्ने आभाष दिन्छ : ओली

पुस २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
आसन्न राष्ट्रिय सभा निर्वाचनले मुलुकमा डेमोक्रेसी छ भन्ने आभाष दिन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न राष्ट्रिय सभाकाे निर्वाचनले मुलुकमा डेमोक्रेसी छ भन्ने आभाष दिइरहेको बताउनुभएकाे छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दिने कामले मुलुकमा डेमोक्रेसी छ भन्ने अनुभूति भइरहेको बताउनुभएको हो । उहाँले जनताको सर्वोच्च निकाय प्रतिनिधि सभा भंग गरेर मुलुकमा डेमोक्रेसीको मजाक गरिएको जिकिर गर्दै त्यसको पुनर्स्थापना हुनैपर्ने अडान समेत दोहोर्‍याउनु भयो । 

मुलुकलाई संवैधानिक मार्गमा फर्काउन पनि प्रतिनिधि सभा पुनर्स्थापना हुनुको विकल्प नरहेको ओलीको भनाइ थियो । उहाँले संविधान मिच्न, कुल्चिन नदिन आफूहरूले प्रतिनिधि पुनर्स्थापनाको माग गर्नुपरेको समेत बताउनु भयो । अध्यक्ष ओलीले मुलुकमा अब अपराधिक गतिविधि हुन नदिन आफ्नो पार्टीले पिपुल भोलेन्टियर्स टोली टोलटोलमा परिचालन गर्ने निर्णय लिएको समेत बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.