
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र साह, कुलमान घिसिङहरूले अझै बीस वर्ष निर्वाचन नजित्ने दाबी गर्नुभएको छ ।
पार्टीमा आबद्ध नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी प्रहरी संगठन (नेपोन)ले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे दाबी गर्नुभएको हो । अध्यक्ष ओलीले मुलुकमा निर्वाचन भए एमालेले जित्ने पनि बताउनु भयो । उहाँले एमाले-कांग्रेसले चुनाव जित्ने भए नगराउने भन्ने पनि आफूले सुन्ने गरेको भन्दै आपत्ति समेत जनाउनु भयो ।
अध्यक्ष ओलीले बालेन्द्र शाहप्रति लक्षित गर्दै केही पनि काम नगरेको मान्छेलाई महान काम गरेको भनेर भन्ने पक्षमा कोही पनि नरहेको बताउनु भयो । अध्यक्ष ओलीले न्यायालयमाथि धम्की आउन थालिसकेको उल्लेख गर्दै यस्तो अवस्थामा कसरी निर्वाचन गराउन सकिन्छ ? भनेर सरकारलाई प्रश्न समेत गर्नुभयो ।
सरकारले निर्वाचन गराउने भन्दा पनि अन्यत्र ध्यान दिएको उहाँको आरोप थियो ।