
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टी कार्यलयमा पूर्वउपसभापति विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहार कार्यकर्ताको अन्तरआत्मको भावना भएको बताएको छ ।
विशेष महाधिवेशन पक्षधरहरूले मंगलबार पत्रकार सम्मेलन गरी उक्त घटनाको जिम्मेवारी आफूहरूले नलिने बताएको हो । विशेष महाधिवेशन पक्षधरहरूले कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन जानुभएका नेता निधिलाई बाटो छेकेरे दुर्व्यवहार गरेका थिए । तर उक्त घटनामा आफूहरूको संलग्नता नरहेको विशेष महाधिवशेन पक्षधरका नेताहरूको दाबी छ ।
पत्रकार सम्मेलनमा नेता सुवास पोखरेलले उक्त घटना स्वतः स्फूर्त भएको बताउनुभयो । आफूहरूले त्यस्तो गतिविधि नगर्ने दाबी पनि उहाँले गर्नुभयो । उहाँले विशेष महाधिवेशनको लागि आफूहरूले तिव्र तयारी थालेको पनि जानकारी दिनुभयो । विशेष महाधिवेशनको लागि विभिन्न १८ वटा समिति बनाएको उहाँले बताउनु भयो ।
उहाँले विशेष महाधिवेशनमा भाग लिनको लागि काठमाडौं आउन महाधिवेशन प्रतिनिधिलाई आग्रह पनि गर्नुभयो ।