कांग्रेसले राष्ट्रिय सभाका उम्मेदवारहरूको टुंगो आजै लगाउने

पुस २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेसले राष्ट्रिय सभाका उम्मेदवारहरूको टुंगो आजै लगाउने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केहीबेरका लागि स्थगित भएको छ ।

राष्ट्रिय सभामा अन्य दलहरूसँगको तालमेल र उम्मेदवारको टुंगो लगाउने मूल एजेन्डासहित बसेको बैठक केहीबेरका लागि स्थगित गरिएको हो । मंगलबार रातिअबेरसम्म बसेर भए पनि सो निर्वाचनको उम्मेदवारहरूको टुंगो लगाउने गरी केहीबेरका लागि बैठक स्थगित गरिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘हाम्रो बैठक केहीबेरका लागि स्थगित भएको छ । राति अवेरसम्म बसेर भए पनि राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवार तय गरिनेछ ।’ नेपाली कांग्रेस एमालेलगायतका दलहरूसँग तालमेल गरेर सो निर्वाचनमा जाने रणनीति तय गरेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.