अध्यक्ष ओलीको स्थानहद फुकुवालगत्तै निर्वाचनमा होमिँदै एमाले, चुनावी कमाण्डरमा उपाध्यक्ष थापा

तयार रहन नेता-कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन
पुस २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
अध्यक्ष ओलीको स्थानहद फुकुवालगत्तै निर्वाचनमा होमिँदै एमाले, चुनावी कमाण्डरमा उपाध्यक्ष थापा

काठमाडौं । उच्चस्तरीय जाँचबुझ आयोगले अध्यक्ष केपी शर्मा ओलीको स्थान हद फुकुवा गरेलगत्तै नेकपा (एमाले) चुनावमा होमिएको छ । 

मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले चुनावमा जाने औपचारिक निर्णय गरेको हो । संसद् पुनर्स्थापनाको मुद्दालाई प्रमुखताका साथ उठाएको एमालेले घोषणापत्र मस्याैदा लेखन र निर्वाचन परिचालन कमिटीसमेत बनाएको छ । सचिवालयले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेताहरू इश्वर पोखरेल, प्रदीप ज्ञवाली र सदस्य सचिव विष्णु रिमाल रहेको चुनाव घोषणापत्र मस्यौदा समिति बनाएको छ । 

यस्तै निर्वाचन परिचालन कमिटीको संयोजकतत्वमा उपाध्यक्ष रामबहादुर थापालाई तोकिएको छ। एमालेले निर्वाचन अभियानका लागि सातै प्रदेशमा इन्चार्जसमेत तोकेको छ । बैठकमा ओलीले एकै पटक नहुन सक्ने स्थिति रहेको बिफ्रिङ गर्नुभएको थियो । 

अध्यक्ष ओलीले बाह्य रूपमा निर्वाचनको माहोल बनेको र त्यसमा तयारी गर्न नेता, कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको थियो । तर सरकारको गतिविधि र देशमा भइरहेका घटनाले निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्योल सिर्जना गरेको उहाँको भनाइ थियो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.