सहमतिका आधारमा केन्द्रीय समितिले विशेष महाधिवेशन आह्वान गर्नुपर्ने शेखर कोइरालाकाे भनाइ

पुस २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
सहमतिका आधारमा केन्द्रीय समितिले विशेष महाधिवेशन आह्वान गर्नुपर्ने शेखर कोइरालाकाे भनाइ

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिका आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

मंगलबार पार्टीका नेताहरूसँग भएको भेटमा उहाँले विशेष महाधिवेशन पक्षधरहरूसँग छलफल गरेर आगामी माघ ६ गतेपछि विशेष महाधिवेशन बोलाउँदा उचित हुने बताउनुभएको भेटमा सहभागी केन्द्रीय सदस्य पुष्पा भुषालले बताउनुभयो ।

नेता कोइरालाले सबैको भावना सम्बोधन हुनेगरी केन्द्रीय समितिले विशेष महाधिवेशन डाक्दा सबैलाई मान्य हुने र आफू त्यसका लागि क्रियाशील रहेको बताउनुभयो । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन गर्न नहुनेमा पनि उहाँले जोड दिनुभयो ।

नेत्री भुसालका अनुसार अधिकांश केन्द्रीय सदस्यले विशेष महाधिवेशनलाई चुनावी घोषणासभाका रूपमा रुपान्तरण गरेर निर्वाचनमा जानुपर्नेमा जोड दिनुभएको थियो । नेता कोइरालालाई भेट्न चिनकाजी श्रेष्ठ, डिला सङ्ग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशीलगायत केन्द्रीय सदस्यहरू उहाँको सम्पर्क कार्यालय पुग्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.