तिलौराकोटस्थित भिक्षु चौकमा बनाइएको चौमुखे गेटमाथि राखियाे बुद्धकाे मूर्ति

पुस १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
तिलौराकोटस्थित भिक्षु चौकमा बनाइएको चौमुखे गेटमाथि राखियाे बुद्धकाे मूर्ति

कपिलवस्तु । तिलौराकोटस्थित भिक्षु चौकमा बनाइएको चौमुखे गेटमाथि बुद्धकाे मूर्ति राखिएको छ ।

राजा शुद्धोदनको राजधानी तिलौराकोटको प्रवेशद्वार भिक्षु चोकमा चारैतिर मुख भएको बुद्धको मूर्ति राखिएको हो । साढे १५ मिटर अग्लो चौमुखे गेटमा पाँच सय किलो वजनको सुनौलोको मूर्ति राखिएको हो । कपिलवस्तु नगरपालिकाको ८० लाख रूपैयाँ लागतमा उक्त संरचना बनाइएको नगर प्रमुख सुदीप पौडेलले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.