
कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा स्व. प्रकाश दाहाल स्मृति सातौँ अरनिको सैनिक कप २०८२ खुल्ला पुरूष फुटबल प्रतियोगिता सुरू भएको छ ।
स्व. प्रकाश दाहाल स्मृति प्रतिष्ठान, काठमाडौंको मुख्य प्रायोजनमा अरनिको खेलकुद विकास समितिले प्रतियोगिता सञ्चालन गरेको हो । प्रतियोगिताको उद्घाटन स्व. प्रकाश दाहालकी पत्नी तथा पूर्वमन्त्री बिना मगरले गर्नुभएको हो । समितिका अध्यक्ष सूर्य तामाङकाअनुसार प्रतियोगितामा १५ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिता पुस २३ गतेसम्म सञ्चालन हुनेछ । मंगलबार भएको उद्घाटन खेलमा पुनर्वास-३ सेतोले वीरेन्द्र बाभ्रोलाई १-० ले पराजित गरेको छ । खेलको मध्यान्तरपछि १४ नम्बर जर्सीका खेलाडी सुवास सिंह ठकुरीले निर्णायक गोल गरेका थिए । बुधबार मध्याह्न १२ बजे अरनिको युवा क्लब (हरियो) र हिमाल फ्रेन्डस् तथा दिउँसो ३ बजे सिदार्थ युवा क्लब (रातो) र सिंहपाल बेलौरीबीच खेल हुने सचिव जीवन तामाङले जानकारी दिनुभयो ।