तीन तहको सरकारबीच समन्यव हुन नसक्दा जलवायु जोखिम बढ्दो

महिला र सिमान्तकृत समुदाय बढी प्रभावित
पुस १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
तीन तहको सरकारबीच समन्यव हुन नसक्दा जलवायु जोखिम बढ्दो

सुनसरी । जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिम न्यूनीकरणका लागि तीनै तहको सरकारबीच समन्यव हुन नसक्दा जोखिम अझै बढ्दै गएको एक अध्ययनले देखाएको छ । 

सामाजिक परिवर्तन केन्द्र काठमाडौंले देशका ६ जिल्लामा गरेको अध्यनबाट तीन तहको सरकारले जलवायु परिवर्तनको क्षेत्रमा प्रभावकारी काम गर्न नसकेको तथ्य मंगलबार सुनसरीको इटहरीमा सार्वजनिक गरिएको हो । जलवायु परिवर्तनमा विशेष गरी स्थानीय तहले प्रभावकारी काम गर्न नसक्दा महिला, आदिवासी, दलित र सुकुम्बासी समुदाय झन् बढी जोखिममा पर्दै गएको उक्त अध्ययनको निष्कर्ष छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.