आगामी निर्वाचनमा एमालेसँग सहकार्य गरेर जान सकिन्छ : राजेन्द्रप्रसाद पाण्डे

पुस १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
आगामी निर्वाचनमा एमालेसँग सहकार्य गरेर जान सकिन्छ : राजेन्द्रप्रसाद पाण्डे

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले नेकपा (एमाले)सँग पनि निर्वाचनमा सहकार्य गरेर जान सकिने संकेत गर्नुभएको छ ।

सोमबार आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाउन निर्वाचन आयोग पुग्नुभएका उहाँले एमालेसँग पनि कुरा सुरू गरिएको संकेत गर्दै सहकार्य गरेर अघि बढ्ने कुरा नरोकिने बताउनुभएको हो । नेता पाण्डेले आफ्नो पार्टीले देश, संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षा लागि आगामी निर्वाचनमा सहकार्य गरेर जान सकिने समेत स्पष्ट पार्नुभयो ।

नेता पाण्डेले विगतमा सांसद तथा मन्त्री भएकाहरूलाई समानुपातिक सूचीमा नराख्ने पार्टीका निर्णयअनुसार बन्दसूची निर्वाचन आयोगमा बुझाएको पनि बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.