
काठमाडौं । रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, नेपालले आसन्न प्रतिनिधि सभा निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवारी दिने भएको छ ।
सोमबार पार्टीको तर्फबाट समानुपातिक तर्फको सांसदहरूको बन्दसूची बुझाउन निर्वाचन आयोग पुग्नुभएको उहाँले सञ्चारकर्मीमाझ सो कुरा बताउनुभएको हो । उहाँले नागरिक उन्मुक्ति पार्टीलगायतका पाटीहरूसँग गठबन्धन गरेर निर्वाचनमा प्रत्यक्षतर्फ सबै क्षेत्रबाट उम्मेदवारी दिने स्पष्ट पार्नुभयो ।
त्यस अवसरमा संरक्षक चौधरीले निर्वाचनमा आउने परिणाम भने मतदाताको छनाेटमा भरपर्ने बताउनु भयो ।