
काठमाडौं । नेपाली कम्यनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुकलाई निकास दिने उत्तम विकल्प निर्वाचन भएको बताउनुभएको छ ।
काठमाडौंमा साेमबार आयोजित कार्यक्रममा संयोजक दाहालले अन्य विकल्पतिर सोच्यो भने देश फेरि अर्को दुर्घटनमा जानसक्ने चेतावनी दिनुभयो । राजनीतिक स्थिरता, स्थायित्वतर्फ र विकासको नयाँ प्रक्रियामा अघि बढ्न सबै दल निर्वाचनमा लागेको उहाँको भनाइ छ ।
संयोजक दाहालले युवामा राजनीतिप्रति रूची बढ्दै जानु सकारात्मक भएको पनि बताउनु भयो ।