सञ्चारमन्त्री खरेल र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेबीच भेटवार्ता

चुनाव सफल गराउन मुख्यमन्त्रीहरूको सहयोग जरूरी रहेकाे सञ्चारमन्त्रीकाे भनाइ
पुस १४, २०८२ |भीमलाल श्रेष्ठ
सञ्चारमन्त्री खरेल र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेबीच भेटवार्ता

गोरखा । सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदीश खरेलले गोरखामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग भेटघाट गर्नु भएको छ । 

होटल गोरखा गार्डेनमा सोमबार साझ भएको भेटमा मन्त्री खरेलले चुनाव सफल गराउन मुख्यमन्त्रीहरूको सहयोग जरूरी रहेको बताउनुभएको थियो । सञ्चारमन्त्री खरेल र मुख्यमन्त्री पाण्डे छुट्टा-छुट्टै कार्यक्रमका लागि सोमबार गोरखा पुग्नुभएको थियो ।


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता हुन् ।