जेनजी आन्दोलन जाँचबुँझ आयोगले आज तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान लिदैं

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बयान लिने आयोगको तयारी
पुस १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेनजी आन्दोलन जाँचबुँझ आयोगले आज तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान लिदैं

काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगले आज तत्कालीन गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखकसँग बयान लिदैँछ ।

गत भदौ २३ र २४ गतेको घटनाबारे सोधपुछ गर्न आयोगले लेखकलाई पुस १३ गते उपस्थित हुन भनेको थियो । तर उहाँ आज बयानका लागि उपस्थित हुन लाग्नु भएको हो ।

आयोगको पत्रपछि आफू बयान दिन जाने जानकारी लेखकले यसअघि नै पार्टीलाई गराइसक्नु भएको छ । उहाँ बयानका लागि १२ बजे आयोगमा पुग्नु हुनेछ । जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री हुनुहुन्थ्यो । बयान सकिएपछि आजै सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन लेखकको तयारी छ ।

भदौ २३ र २४ गतेको घट्नाको अनुसन्धानको म्यान्डेट पाएको आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिने जनाएको छ । त्यसका लागि आयोगले आवश्यक तयारी गरिररहेको छ ।

जेन–जी आन्दोलनपछि भएको जनधनको क्षतिबारे जाँचबुझ गर्न सरकारले विशेष अदालतका पूर्वअध्यक्ष कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको हो । आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र संयुक्त राष्ट्रसंघीय नियोगहरूमा काम गरेका अधिवक्ता विशेश्वरप्रसाद भण्डारी सदस्य हुनुहुन्छ ।

आयोगका आगजनीबाट क्षतिग्रस्त भएको पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवालय स्थापना गरेर काम गरिरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.