प्रतिनिधिसभा निर्वाचनका लागि ६६ दिन बाँकी, बन्द सूची पेश गर्ने समयसीमा आजसम्म

पुस १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधिसभा निर्वाचनका लागि ६६ दिन बाँकी, बन्द सूची पेश गर्ने समयसीमा आजसम्म

काठमाडौं । फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि ६६ दिन बाँकी रहेको छ । राजनीतिक दलहरुले निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची बुझाउन थालेका छन् । नेपाली कांग्रेस, एमाले, रास्वपा लगायतका दलहरुले भने आज बन्द सूची बुझाउने तयारी गरेका छन् । त्यसका लागि उनीहरुले हिजैदेखि आन्तरिकर छलफल तिब्र पारेका छन् ।

आयोगका अनुसार हिजो नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहित तीन दलले बन्दसूची पेश गरेका छन् । तीन राजनीतिक दलहरुले १ सय ३४ जनाको बन्दसूची आयोगमा पेश गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

हिजो र आज बन्दसूची पेश गर्ने समय तोकिएको छ । तोकिएकै मितिमा बन्दी सुची पेश गर्ने तयारी दलहरुको छ । नेपाली कांग्रेसले देशभरका प्रतिनिधि सभा क्षेत्र, जिल्ला र प्रदेश हुँदै सिफारिस आएका उम्मेदवारको नाम कलस्टरअनुसार मिलाउन छलफल गरिरहेका छन् । 

उम्मेदवारको टुंगो लगाएर आज आयोगमा बुझाउने तयारी रहेको प्रवक्ता प्रकाशशरण महतले बताउनु भयो । त्यस्तै नेकपा एमालेले तल्ला तहबाट आएका नामहरु कलस्टरअनुसार मिलाएर बन्द सूची पारित गरेको छ ।

एमाले उपमहासचिव लेखराज भट्टका अनुसार आज बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारहरुको नाम पेस गर्नुभएको थियो । नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रीय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, लोसपा, जनमत लगाएत पार्टीले समेत तयारीमा छन । यता रास्वपा प्राइमेरी इलेक्सन मार्फत उम्मेदवार छनोटको प्रक्रियामा छ ।

यसैबीच निर्वाचन आयोगले निर्वाचन आचारस‌ंहिता पनि पारित गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.