भक्तपुरमा कुल २ लाख ५ हजार ४१० मतदाता

पुस १४, २०८२ |सुन्दर शिल्पकार
भक्तपुरमा कुल २ लाख ५ हजार ४१० मतदाता

भक्तपुर । भक्तपुरमा कुल २ लाख ५ हजार ४ सय १० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले तथ्यांक सार्वजनिक गरेको छ । 

तीमध्ये १ लाख ५ हजार २ सय ६५ महिला, १ लाख १ सय ४० पुरुष तथा ५ जना अन्य मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ । 

 जिल्लाभर ७६ मतदान स्थलअन्तर्गत २ सय ३३ मतदान केन्द्र तोकिएका छन् ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।