एमाले महाधिवेशन: पराजित नेताहरुलाई समेत पार्टीको मूलप्रवाहमा ब्यवस्थापन गरिने

पुस ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमाले महाधिवेशन: पराजित नेताहरुलाई समेत पार्टीको मूलप्रवाहमा ब्यवस्थापन गरिने

काठमाडौै‌ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेताहरुले पराजित नेताहरुलाई समेत पार्टीको मूलप्रवाहमा ब्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् । ११औँ राष्ट्रिय महाधिवेशनबाट पाँच बर्षका लागि पदाधिकारीमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै नेताहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । उनीहरुले विगतमा जस्तो पराजित भएपछि पार्टी छाडेर जाने परिस्थिति अब नहुने पनि बताएका छन् ।

ईश्वर पोखरेल समूहबाट उपमहासचिवमा विजयी योगेश भट्टराईले ११औँ राष्ट्रिय महाधिवेशनमा आफ्नो समूहले उठाएका मु्द्धालाई आगामी दिनमा पनि उठाउने बताउनुभएको छ ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा ओली र पोखरेल दुवै पक्षले समूह नै बनाएर चुनावमा प्रतिस्पर्धा गरेका थिए, जसमा अधिकांश ओली पक्षका उम्मेदवार विजयी भएका छन् । ओलीको नेतृत्वमा १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीमा अधिकांश ओलीपक्षका नेताहरु विजयी भएका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.