एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा सपथ ग्रहण

पुस ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा सपथ ग्रहण

काठमाडौै । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

मतपरिणाम घोषणा भएलगत्तै नवनिर्वाचित नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा सपथ लिएका हुन् । महाधिवेशनबाट केपी शर्मा ओली नै पार्टी अध्यक्षमा पुनः निर्वाचित हुनुभएको छ । उहाँले प्रतिष्पर्धी ईश्वर पोखरेललाई पराजित गर्दै तेस्रो कार्यकालका लागि नेतृत्व हात पार्नुभयो ।

यसैगरी उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङले सबैभन्दा बढी मत प्राप्त गर्नुभयो भने अन्य उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गोकर्ण विष्ट र रघुजी पन्त हुनुहुन्छ । शंकर पोखरेल महासचिवमा विजयी हुनुभयो भने उपमहासचिवमा रघुवीर महासेठ,लेखराज भट्ट र योगेश भट्टराई विजयी हुनुभयो । 

सचिवमा खगराज अधिकारी र पद्मा अर्याल, हिक्मत कार्की, महेश बस्नेत, छविलाल विश्वकर्मा, यामलाल कँडेल, शेरधन राई, भानुभक्त जोशी, खगराज अधिकारी, राजन भट्टराई विजयी हुनुभयो। विजेता सबैले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । सपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूले पार्टी विधान र नीतिप्रति निष्ठा राख्ने तथा जनताको सेवामा समर्पित हुने प्रतिवद्धता व्यक्त गरेका छन् । 

१९ सदस्यीय पदाधिकारी टोलीमा अधिकांश पुराना अनुहारहरू नै निरन्तरता पाएका छन् भने केही नयाँ अनुहारहरू पनि समावेश भएका छन् । महाधिवेशनले पार्टीको संगठनात्मक संरचनालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । 

यस महाधिवेशनले एमालेको आन्तरिक एकतालाई मजबुत बनाउँदै आगामी दिनमा सरकार र विपक्षी भुमिकामा प्रभावकारी भुमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.