मन्त्रिपरिषद् निर्णय: निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

पुस ३, २०८२
मन्त्रिपरिषद् निर्णय: निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

काठमाडौै‌ । सरकारले निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन अध्यादेश जारी गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्मा पेश भएको अध्यादेश अनुसार, दलित आदिवासी जनजाती, खस आर्य, मधेशी, थारु, मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा निर्धारण गर्न प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को अनुसूची संशोधन गर्न अध्यादेश जारी गर्न परेको हो ।

सरकारले जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले बयान लगायत प्रतिवेदनका काम नसकिएकाले आयोगको म्याद एक महिना थप्ने निर्णय गरेको हो ।

सरकारले नुवाकोटको बिदुरमा निर्माण भएको केन्द्रीय कारागारको ब्लकलाई बाल सुधार गृहको रुपमा सञ्चालन गर्ने भएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको हो ।