वैचारिक र प्रखरवक्ता शंकर पोखेरल एमाले महासचिव निर्वाचित

पुस ३, २०८२
वैचारिक र प्रखरवक्ता शंकर पोखेरल एमाले महासचिव निर्वाचित

काठमाडौै । एमालेभित्र जनताको बहुदलीय जनवादका व्याख्याता तथा वैचारिक र प्रखरवक्ताको रुपमा स्थापित शंकर पोखेरल यसअघि पनि महासचिव नै हुनुहुन्थ्यो ।

विद्यार्थी राजनीतिबाट उदाएका पोखरेल अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति हुँदै एमालेमा स्थापित हुनुभएको हो । उहाँ चुनाव जितेर एमाले सचिव बन्नुभएको थियो भने उपमहासचिवको उम्मेदवार हुँदा पराजित हुनुभएको थियो । दशौं महाधिवेशनमा उहाँ अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको टिममा महासचिवमा राखिनुभएको हो ।

पोखरेल २०५१ सालमा दाङको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो भने २०७४ सालको निर्वाचनमा बाम गठन्धनबाट प्रदेश सभामा जितेर लुम्विनी प्रदेशको मुख्यमन्त्री बन्नुभएको थियो । २०१९ सालमा दाङको तुलसीपुर जन्मिएका पोखरेललाई अन्तरमुखी स्वभाव र कार्यकर्तासँग घुलमिल नहुने शैलीका नेता भन्दै आलोचना पनि गरिन्छ ।