
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबीच एकीकरण अन्तिम चरणमा पुगेको छ ।
आज पेरिसडाँडामा भएको पार्टीहरुको कार्यदलस्तरीय वार्तामा एकताका लागि सहमति जुटेको नेता प्रकाश ज्वालाले जानकारी दिनुभयो । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले एकताका लागि दुवै पार्टीबीच राजनीतिक र सैद्धान्तिक सहमति जुटेको बताउनु भयो । उहाँकाअनुसार एकता प्रक्रियालाई अन्तिम रुप दिन शुक्रवार फेरी कार्यदलस्तरीय छलफल हुनेछ ।
नेपाली कम्युनिष्ट पार्टीले विचार र सिद्धान्त मिल्ने सबै समूहसँग एकताका लागि छलफल अघि बढाएको समेत ज्वालाले बताउनु भयो ।