
काठमाडौं । नेपाली काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधीले पार्टीको १५ औँ महाधिवेशन तत्काल गर्न नहुने बताउनुभएको छ ।
नेपाल महिला संघले आज काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै निधीले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको प्राथमिकता प्रतिनिधि सभा निर्वाचन भएको भन्दै निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने बताउनु भयो । उहाँले अगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने भन्दै सोहीअनुसार तयारी गर्नुपर्ने बताउनु भयो ।
पछिल्लो समय काँग्रेसभित्र महाधिवेशनको विवाद उत्कर्षमा पुगेको छ । महाधिवेशनको कार्यतालिकामा सहमति नजुट्दा पार्टी केन्द्रीय समिति बैठक निष्कर्षमा पुग्न सकेको छैन ।