एमाले सचिवालय बैठक च्यासलमा सुरु

मंसिर ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमाले सचिवालय बैठक च्यासलमा सुरु

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । आज दिउँसोबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । 

बैठकमा सरकारका गतिविधि, पार्टीको आगामी महाधिवेशन तयारी, राजनीतिक समसामयिक विषयहरुमा छलफल हुनेछ । नेकपा एमालेले संसद पुनःस्थापनाको विषय अगाडि बढाएको छ । त्यसबारे पनि बैठकमा छलफल हुने बताइएको छ । साथै बारामा एमाले नेताहरुलाई जान रोकिएको विषयबारे पनि छलफल हुनेछ । 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि पहिलो पटक सचिवालय बैठक बसेको हो । यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक बस्ने गरेको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.