मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त

मंसिर ३, २०८२ |अनिल मिश्र
मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त

जनकपुर । मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त हुनु भएको छ ।

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलविरूद्धको पद अनुकूल आचरण नगरेको प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएसँगै उहाँ पदमुक्त हुनुभएको हो । बुधबार बसेको मधेस प्रदेश सभाको बैठकले सो प्रस्ताव उपर छलफल गर्दै मत विभाजन प्रक्रियामार्फत दुई तिहाइ बहुमतले पारित गरेको हो । 

यो सँगै उहाँ पदमुक्त हुनुभएकाे छ । प्रस्तावको पक्षमा ७६ मत परेको उल्लेख गर्दै उपसभामुख बबिताकुमार राउतले प्रदेश सभा बैठकमा पदमुक्त भएको घोषणा गर्नुभयाे । सभामुख मण्डल भने बुधबार बैठकमा अनुपस्थित हुनुहुन्थ्याे । हाल मधेश प्रदेशसभामा १०४ जना प्रदेशसभा सदस्य छन् । जसको दुई तिहाई ७२ मत हुन्छ ।

गत २७ कात्तिकमा सभामुख मण्डलमाथि पद अनुकूल आचरण नगरेको भन्दै सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदहरूले प्रस्ताव दर्ता गराएका थिए । सो प्रस्ताव उपर बुधबार छलफलका लागि उपसभामुख इसरको निर्देशनमा बैठक आह्वान गरिएको थियो । 

याे पनि :

उपसभामुख इसरद्वारा मधेश प्रदेशसभा बैठक आजका लागि आह्वान


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।