आफूहरू नझुक्ने र नझुक्किने गगन थापाकाे भनाइ

मंसिर २, २०८२ |कान्तिपुर टीभी संवाददाता
आफूहरू नझुक्ने र नझुक्किने गगन थापाकाे भनाइ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरू नझुक्ने बताउनुभएको छ । 

नियमित कि विशेष महाधिवेशन भन्ने विवादले कांग्रेस अनिर्णयको बन्दी बनिरहँदा महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत अब आफुहरुू नझुक्ने र नझुक्किने प्रष्ट पार्नुभएको हो । 

पार्टीभित्र परिवर्तन र यथास्थिति पक्षधरबीचको दुई समूहको बहस चलिरहेको भन्दै उहाँले पार्टीलाई सुधारेर जनताका माझ जानुपर्नेमा जोड दिनुभएको छ । महामन्त्री थापाले कार्यकर्तालाई धैर्य रहन आग्रह पनि गर्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.