क्रेडिट रेटिङमा नेपालले फेरि पायो बीबी माइनस

नेपालमा लगानी गर्दा मध्यम जोखिम हुने निष्कर्ष, सकारात्मक आर्थिक आधार तयार हुँदै गएको सरकारको दाबी
मंसिर २, २०८२ |कान्तिपुर टीभी संवाददाता
क्रेडिट रेटिङमा नेपालले फेरि पायो बीबी माइनस

काठमाडौं । जेन-जी आन्दोलनपछिको आगजनीका बावजूद पनि नेपालले सार्वभौम क्रेडिट रेटिङमा गत वर्षजस्तै बीबी माइनस प्राप्त गरेको छ । 

सामाजिक-राजनीतिक चुनौती, वर्षाजन्य प्राकृतिक विपत्ति र विश्वव्यापी आर्थिक सुस्तताका बीचमा पनि नेपालले गत वर्षजस्तै रेटिङ पाएको हो । बीबी माइनस पाउनुले नेपालको दीर्घकालीन दायित्वहरू पूरा गर्ने क्षमता गत वर्षजस्तै रहेको र समष्टिगत आर्थिक स्थायित्व स्थिर र बलियो रहेको देखिएको अर्थ मन्त्रालयले जनाएको छ । 

नेपालले प्राप्त गरेको यो रेटिङले मुलुकभित्र स्थिर तथा सकारात्मक आर्थिक आधार तयार हुँदै गएको सरकारको भनाइ छ । यो रेटिङले मुलुकभित्र वैदेशिक लगानी बढाउन, अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग सहकार्य विस्तार गर्न र नेपालले आफ्नो सार्वभौम ऋण जारी गर्दा आवश्यक पर्ने स्थिर क्रेडिट प्रोफाइल कायम राख्न मद्दत पुर्‍याउने अर्थ मन्त्रालयको भनाइ छ । 

ऊर्जा, पूर्वाधार, पर्यटन, कृषि र डिजिटल अर्थतन्त्रमा हुने दीर्घकालीन लगानी आकर्षणका लागि यो सूचक महत्वपूर्ण हुने अर्थ मन्त्रालयको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.