
काठमाडौं । काठमाडौंमा सभा, जुलुस वा प्रदर्शनका लागि अनुमति माग गर्दा जिल्ला प्रशासन कार्यालयमा १६ बुँदे विवरण बुझाउनुपर्ने भएको छ ।
आन्दोलनलाई शान्तिपूर्ण बनाउनका लागि केही सर्त राख्दै अनुमतिको ढाँचामा परिमार्जन गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिनुभयो । नयाँ ढाँचाअनुसार आयोजकले अब संस्थाको प्रकृति, कार्यक्रमको उद्देश्य, अनुमानित सहभागी संख्यालगायतका विवरणसहित सम्पर्क व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपिसमेत बुझाउनुपर्नेछ ।
गृह मन्त्रालयको परिपत्रअनुरूप प्रशासनले कुनै पनि आन्दोलन, धर्ना वा विरोध प्रदर्शनका लागि अनुमति दिनुअघि फारमको ढाँचामा परिमार्जन गरिएको जनाएको छ ।