हामी प्रतिनिधि सभा विघटनविरूद्ध कानूनी उपचारका लागि अदालत जान्छौं : ओली

मंसिर २, २०८२ |कान्तिपुर टीभी संवाददाता
हामी प्रतिनिधि सभा विघटनविरूद्ध कानूनी उपचारका लागि अदालत जान्छौं : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै आफूहरू अदालत जाने बताउनुभएको छ ।

मंगलबार पार्टी मुख्यालय च्यासलमा पार्टीका विघटित प्रतिनिधिसभाका सांसदहरूको बैठकमा बोल्दै उहाँले प्रतिनिधिसभा पुनःस्थापनाको काम गर्दै आफ्नो पार्टी कानूनी उपचारका लागि अदालत जाने बताउनु भएको हो । अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन संविधान र कानूनसम्मत नभएकाले अदालतले त्यसको पक्षमा फैसला गर्ने कुनै बाटो नभएको जिकिर समेत पटक पटक गर्नुभयो । 

उहाँले आफूले सो विषयमा पटक-पटक संविधान हेरेको उल्लेख गर्दै प्रतिनिधिसभा विघटन गर्ने काम असंवैधानिक भएको दोहोर्‍याउनु भयो । वर्तमान सरकारले आफूलाई लोकतान्त्रिक, संवैधानिक छु भन्ने आँट गर्ने नसक्ने ओलीको भनाइ थियो । अध्यक्ष ओलीले वर्तमान सरकारले अराजकता, आगलागी, तोडफोड र लुटपाटलाई क्रान्ति भन्ने गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.