प्रतिनिधि सभा पुनःस्थापना हुनु अपरिहार्य छ : शंकर पोखरेल

मंसिर २, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधि सभा पुनःस्थापना हुनु अपरिहार्य छ : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विघटित प्रतिनिधिसभा पुनःस्थापना हुनु अपरिहार्य रहेको बताउनुभएको छ ।

मंगलबार पार्टी मुख्यालय च्यासलमा पार्टीका विघटित प्रतिनिधि सभाका सांसदहरूको बैठकमा बोल्दै उहाँले पार्टीको सो अडान राख्नुभएको हो । महासचिव पोखरेलले सर्वोच्च अदालतको पटक पटककाे फैसला र असंवैधानिक ढंगले बन्नुभएकी प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेकाले पनि संविधान र लोकतन्त्रलाई सही बाटोमा ल्याउन पनि प्रतिनिधि सभा पुन:स्थापना गर्नुपर्ने पार्टीको मान्यता रहेको समेत स्पष्ट पार्नुभयो ।

महासचिव पोखरेलले वर्तमान सरकारलाई संविधानले नचिन्ने भएकाले उसले गराएको निर्वाचनमा सहभागी हुन नमिल्ने जिकिर समेत गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.