एमालेको विघटित संसदीय दलको बैठक जारी

मंसिर २, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमालेको विघटित संसदीय दलको बैठक जारी

काठमाडौं । नेकपा एमालेको विघटित संसदीय दलको बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी छ ।

पछिल्लो समय एमालेभित्र प्रतिनिधिसभा पुनःस्थापना कि चुनाव भन्ने विषयमा बहस भइरहेको छ । हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमा बोल्ने १ सय ८४ सदस्यमध्ये अधिकांशले प्रतिनिधिसभा पुनस्थापनाको प्रस्तावमा समर्थन गरेका छन् भने आन्तरिक रूपमा निर्वाचनको तयारी गर्न पनि सुझाव दिएका छन् । 

बैठकले पछिल्लो राजनीतिक परिस्थिति, प्रतिनिधिसभा विघटन र पार्टीले लिने आगामी नीतिका सम्बन्धमा निर्णय गर्ने एमालेले जनाएको छ । गत २७ भदौमा प्रतिनिधि सभा विघटन भएको थियो । त्यसपछि एमालेले पहिलो पटक विघटित प्रतिनिधिसभाका सांसदहरूसहित संसदीय दलको बैठक राखेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.