निर्वाचनमा जानेगरी दल दर्ता गरेका छौँ : चन्द

मंसिर २, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचनमा जानेगरी दल दर्ता गरेका छौँ : चन्द

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का नेता नेत्रविक्रम चन्दले निर्वाचनमा सहभागी हुनेगरी दल दर्ता गरेको बताउनुभएको छ ।

निर्वाचन आयोगमा मंगलबार दल दर्ताको प्रमाणपत्र पाएपछि उहाँले निर्वाचनमा भाग लिने बताउनुभएको हो । उहाँले माओवादी नयाँ गुण, नयाँ सार्थत्व, नयाँ अठोट, नयाँ विश्वास, नयाँ अभियानसहित निर्वाचनमा जाने बताउनु भयो । नेपाली जनताको सुख, अधिकार, मुक्ति र देशको स्वाधिनताको लागि माओवादीले विभिन्न उत्तारचढावपूर्ण यात्रा तय गर्दै यहाँसम्म आएको उहाँको भनाइ छ । 

उहाँले जनता नै इतिहासको निर्माता भएकोले जनताको माझमा जान लागेको बताउनु भयो । उहाँले सबै राजनितिक दलहरूको सहमतिमा निर्वाचन हुने पनि उल्लेख गर्नुभयो । ढिलोचाँडो निर्वाचन हुने बताउनुहुँदै उहाँले समाजवाद नै आए पनि निर्वाचन हुने उहाँकाे भनाइ छ ।

निर्वाचन आयोगले मंगलबार चन्द नेतृत्वको माओवादीलाई दल दर्ताको प्रमाणपत्र दिएको हो । पार्टीको चुनाव चिन्ह भने गुलाब रहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.