संसद् पुनःस्थापनको लागि एमाले निर्णायक सडक आन्दोलनमा जानुपर्छ : उपाध्यक्ष पौडेल

मंसिर २, २०८२ |कान्तिपुर टीभी संवाददाता
संसद् पुनःस्थापनको लागि एमाले निर्णायक सडक आन्दोलनमा जानुपर्छ : उपाध्यक्ष पौडेल

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले देशमा भएको राजनीतिक घटनाक्रमलाई प्रतिगामी भन्दै त्यसका विरूद्ध पार्टी सडक आन्दोलनमा जानुपर्ने टिप्पणी गर्नुभएको छ ।

मंगलबार पार्टीको विघटित संसदीय दलको बैठकमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले गत भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलन संविधानमिाथिको आक्रमण भएको जिकिर गर्नुभयो । उहाँले अनधिकृत रूपमा संसद् विघटन गरेर संसद्‌ बाहिरबाट सरकार गठन गरिएको उल्लेख गर्दै यसका विरूद्ध निर्णायक आन्दोलनमा जानुपर्ने बताउनु भयो । 

उहाँले जनतालाई संगठित गर्दै प्रतिनिधि सभा पुनःस्थापनाका लागि निर्णायक आन्दोलन सुरू गर्नुपर्ने पार्टीको निष्कर्ष रहेको पनि बताउनु भयो । उहाँले मुलुकमा विकसित घटनाक्रम र पार्टीको भूमिकाका विषयमा पार्टी आन्तरिक छलफलमा जुटिरहेको समेत बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.