मधेशका प्रदेश प्रमुखले आह्वान गरेको सर्वदलीय बैठक सात राजनीतिक दलद्वारा बहिष्कार

कार्तिक २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
मधेशका प्रदेश प्रमुखले आह्वान गरेको सर्वदलीय बैठक सात राजनीतिक दलद्वारा बहिष्कार

काठमाडौं । मधेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले आह्वान गरेको सर्वदलीय बैठक आन्दोलनरत सात राजनीतिक दलले बहिष्कार गरेका छन् ।

प्रदेश प्रमुख लाभले शनिबार आह्वान गरेको सर्वदलिय बैठकमा सात दलका नेता कार्यकर्ताहरू सहभागी नभएर बैठक बहिष्कार गरेका हुन् । सर्वदलीय बैठकमा वर्तमान मुख्यमन्त्री सरोजकुमार यादव सहभागी भएकाले अन्य राजनीतिक दलले बैठक बहिष्कार गरेका हुन् । 

जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले असंवैधानिक रूपमा नियुक्त भई होटेलमा सपथ खाएका वर्तमान मुख्यमन्त्री सो बैठकमा सहभागी भएकाले सात दलीय गठबन्धनले बहिष्कार गरेको बताउनु भयो । प्रदेश प्रमुख लाभले मधेसमा देखिएको वर्तमान राजनीतिक संकट समाधान गर्ने अभिप्रायले सर्वदलीय बैठक आह्वान गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.