रावललाई स्वागत गर्दै दाहालले भन्नुभयाे–‘एकतालाई चुनाव जित्ने रणनीतिको रूपमा नबुझियोस्’

कार्तिक २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
रावललाई स्वागत गर्दै दाहालले भन्नुभयाे–‘एकतालाई चुनाव जित्ने रणनीतिको रूपमा नबुझियोस्’

काठमाडौं । नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुक अहिले असाधारण संकटको अवस्थामा रहेको वस्तुगत आवश्यकताको आधारमा कम्युनिष्ट घटकहरूबीच एकता भएको टिप्पणी गर्नुभएको छ ।

बुधबार नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमि जागरण अभियान समाहित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले अहिले मुलुकको स्वाधिनता, नेपालको भौगोलिक अखण्डता र जनताको आत्मनिर्णयको अधिकार इतिहासकै सबैभन्दा संकटको अवस्थामा रहेको बताउनु भयो । 

उहाँले अहिलेको एकता निर्वाचन जित्ने प्रयोजनको लागि गरिएको एकताको रूपमा नबुझ्न समेत सबैमा आग्रह गर्नुभयो । उहाँले राष्ट्रलाई जोगाउने आवश्यकताको जगमा सिद्धान्त र विचार मिल्ने कम्युनिष्ट दलहरू मिल्नुपरेको दोहोर्‍याउनु भयो । उहाँले गत भदौको अन्तिम साता भएका जेन-जी विद्रोहले समेत आफूहरूलाई आत्मआलोचनासहित एकताबद्ध हुन प्रेरणा दिएको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.