ओलीलक्षित नेपालकाे टिप्पणी : कतिपयको होस हवास उडेको छ, गालीगलौजमा उत्रिन आवश्यक छैन

कार्तिक २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
ओलीलक्षित नेपालकाे टिप्पणी : कतिपयको होस हवास उडेको छ, गालीगलौजमा उत्रिन आवश्यक छैन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफूहरूको एकताका कारण नेकपा एमालेका सातो गएको टिप्पणी गर्नुभएको छ ।

बुधबार नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमि जागरण अभियान समाहित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले एकताको प्रक्रिया निरन्तर अघि बढिरहेको बताउँदै एकता अभियानले राजनीतिमा नयाँ तरंग पैदा गरेको बताउनु भयो । 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उहाँले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरूको सातो गएको टिप्पणी गर्नुभयो । आफूहरूको एकता अभियानले ओलीको होस हवास उडेको टिप्पणी गर्दै गालीगलौजमा उत्रिन आवश्यक नरहेको बताउनु भयो । आफूहरूलाई धन्यवाद दिन प्रस्ताव पारित गरे घाउमा मलहम लाग्ने उहाँको भनाइ छ ।

उहाँले कार्यक्रममा एकता गरेकोमा मातृभूमि जागरण अभियान नेपाल र नेपाली कम्युनिष्ट पार्टीका नेताहरूलाई धन्यवाद दिनुभयो । एकता अभियानप्रति गौरववोध गर्नुपर्ने उहाँकाे भनाइ थियाे।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.