देशभक्त र प्रगतिशील कम्युनिष्टहरू एकताबद्ध नभए क्षेप्यास्त्र खाने दिन टाढा छैनन् : भिम रावल

कार्तिक २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
देशभक्त र प्रगतिशील कम्युनिष्टहरू एकताबद्ध नभए क्षेप्यास्त्र खाने दिन टाढा छैनन् : भिम रावल

काठमाडौं । मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले राष्ट्रिय स्वाभिमान, राजनीतिक स्थायित्व र बाह्य हस्तक्षेपविरूद्ध सशक्त रूपमा उभिन नेपाली कम्युनिष्ट पार्टीलाई बलियोसँग उभ्याउन जरूरी रहेको बताउनुभएको छ ।

बुधबार नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदै नेता रावलले यस्तो बताउनुभएको हो । काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले युवालाई स्वदेशमै रोजगारीको अवसर दिन तथा कृषि उत्पादन बढाइ मुलुकलाई समृद्धितर्फ लैजान पार्टीलाई जिम्मेवार बनाइ अगाडि बढाउनुपर्ने बताउनु भयो । 

उहाँले मुलुकको विकास र शान्ति सुव्यवस्थाका लागि कम्युनिष्टहरू एकजुट भएर राष्ट्रको रक्षाका लागि उभिन नसके नेपालीले क्षेप्यास्त्र खाने दिन धेरै टाढा नरहेको समेत टिप्पणी गर्नुभयो । उहाँले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको सत्ता स्वार्थ र अंहकारका कारण तत्कालीन नेकपा नटिकेको आरोप पनि लगाउनु भयो । 

ओलीको अंहकारी र घमण्डी चरित्रकै कारण एमाले आज स्वर्गीय नेता मदन भण्डारीको परिवारको समेत हुन नसकेको उहाँले टिप्पणी गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.